नामी क्वार्टर फाइनलमा

काठमाडौं । आयोजक नामी कलेजको ‘ए’ टिम नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा आइतबार क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जोरपाटीस्थित घरेलु कोर्टमा नामी ‘ए’ ले साइपाल एकेडेमीलाई १८–३ तथा मल्पी ‘बी’ लाई १६–९ ले पराजित गर्दै समूह ‘डि’ को विजेताका हैसियतले क्वाटरफाइनलमा पुगेको हो ।

मल्पी ‘बी’ पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै, ब्रिटिस मोडेल कलेज, मल्पी ‘ए’, लिटिल एन्जल्स ९एलए०, ओरियन्ट, ट्रिनिटी र एसले पनि क्वार्टर फाइनलमा स्थान सुरक्षित गरे । लिग कम नकआउट प्रतियोगितामा १४ टिम सहभागी छन् । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया