खानेपानीको सास्ती अझै कायम

सल्यान । गर्मी मौसममा पानीको खडेरी पर्नु कुनै नौलो कुरा होइन । तर, हिउँद र वर्षातको समयमा समेत पानीको चरम अभाव हुँदा स्थानीयलाई कति सास्ती भोग्नुपर्छ होला ? खानेपानीको चरम अभाव भएपछि दैनिक समस्या भोग्नु परिरहेको छ शारदा नगरपालिका–६ टाकुरा र मधमका“डाका स्थानीयवासीलाई । एक गाग्री पानी लिनका लागि उनीहरूले दुई घन्टासम्म हिँडनु पर्ने बाध्यता रहेको छ ।

उकालो ओरालो गरी लामो समय हिँडनुपर्ने बाध्यताले स्थानीयलाई सास्ती भएको छ । खानेपानीको अभावका कारण टाकुरा र मधमका“डाका २ सय ५० परिवार प्रभावित भएका छन् । डा“डामा भएको बस्तीमा पानी ल्याउने नजिकै मुहान नभएको र भएका मुहान सुकेपछि स्थानीयहरू दुई दशकदेखि समस्यामा परेका हुन् । विपन्न र अधिकांश दलित परिवार भएकाले पनि सम्बन्धित निकायले विगतमा योजनाका लागि कम चासो देखाएको हुनसक्ने स्थानीयले गुनासो गरेका छन् ।

नजिकै पानीको स्रोत नभएकाले एक गाग्री पानी लिन गाउ“देखि डेढ घन्टा तल पर्ने खातीगाउ“ र जुगेखोला भन्ने ठा“उमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय ४६ वर्षीया भीमा परियारले बताइन् । ‘पानीका लागि समस्या भएपछि अडकलेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ’, उनले भनिन्, ‘पानीका लागि घरबाट बिहानै निस्कनु पर्छ भने मुहानमा पानी कम भएकाले एक घन्टा जति त्यही कुर्नुपर्ने हुन्छ ।’

पानी लिन गएर घर फर्कदा धेरै समय लाग्ने भएकाले बिहानको खाना अत्तोपत्तो नहुने आइती विकले बताइन् । खाना पकाउन ढिला हुने भएकाले बालबालिकाले बिहानको खाना नखाएर विद्यालय जाने गरेको उनको भनाइ छ । ‘नजिकै विद्यालय भए पनि अधिकांश बालबालिका एक बजे छुट्टीमा आएर खाना खान्छन्,’ उनले भनिन्, ‘पानीकै अभावका कारण सरसफाइमा कमी देखिएको छ ।’

खानेपानीको लागि बारम्बार माग गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा बस्तीवासी समस्यामा परेका झुपलाल नेपालीले बताए । यसकै कारण गाउ“बाट धेरै परिवार बिस्थापित भइसकेको उनले जानकारी गराए । ‘बस्ती डा“डामा भएको र मुहानहरू तल परेकाले पनि समस्या भोग्नुपरेको छ’, उनले भने, ‘मान्छेलाई मात्र नभई पसुचौपायालाई समेत पानी खुवाउन लैजान समस्या हुने गरेको छ ।’ विपन्न र अधिकांश दलित परिवार भएकाले पनि सम्बन्धित निकायले विगतमा योजनाका लागि कम चासो देखाएको हुनसक्ने स्थानीयले गुनासो गरेका छन् ।

यता शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज भण्डारीले टाकुरा र मधमका“डामा पानी पुर्याउन अहिले नगरपालिकाले ५० लाख विनियोजन गरेको जानकारी दिएका छन् । सापमाराको मुलखोलाबाट लिफ्ट सिस्टमद्वारा पानी तानेर गाउ“मा वितरण गर्ने उनले बताए । ‘आगामी आर्थिक वर्षमा गाउ“का सबै स्थानीयले घर नजिकै धाराबाट पानी खान पाउँछन् । धेरै कष्ट उठाउनु पर्दैन’, उनले भने ।

प्रतिक्रिया