केकी र विकासबीच असमझदारी

काठमाडौं । गायक गणेश न्यौपानेको नयाँ गीत ‘धेरै धेरै माया’ को भिडियो सार्वजनिक भएको छ । स्याड भर्सनको गीतको भिडियोमा केकी अधिकारी र विकास लामिछानेको अभिनय छ ।

गीतमा केकी र विकासबीचको असमझदारीका कारण आउने समस्यालाई प्रस्तुत गरिएको छ । गीतमा गणेश र थिरज राईको शब्द तथा थिरजकै एरेन्ज र संगीत छ । समन अधिकारीको निर्देशन रहेको भिडियोमा विकास धमलाको सम्पादन र निरोज श्रेष्ठको छायांकन छ ।

हङकङमा बस्दै आएका गायक न्यौपानेले यसअघि सार्वजनिक गरेको ‘एउटा घाउ देउ अझै’ गीतको भिडियो पनि निकै चलेको थियो । समनले नै निर्देशन गरेको यो भिडियोमा सारा सिर्पाली र गौरव पहाडी फिचर्ड थिए ।

प्रतिक्रिया