साताको सेयर बजारः एक अर्ब ८५ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता विभिन्न १ सय ६९ कम्पनीका ५३ लाख ८४ हजार ६ सय ३४ कित्ता सेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६ सय ४६ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ७२ विन्दुले बढेर एक हजार १ सय ८७ दशमलव ७७ विन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार १ सय ७५ दशमलव शून्य पाँच विन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार एक हजार १८७ दशमलव ७७ विन्दुमा पुगेको हो ।

साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा कायम रह्यो । उक्त दिन कूल १ सय ५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता सेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरिद बिक्री भए । यस्तै गत सोमबार कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुग्यो । उक्त दिन कुल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता सेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

यस्तै साताको तेस्रो दिन सेयरको मूल्यमा दोहोरो अंकको वृद्धि भयो । कारोबार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुग्दा कुल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता सेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरिद बिक्री भए ।

यस्तै बुधबार नेप्से परिसूचक सात दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झ¥यो । कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता सेयर रु ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिन कारोबार मापक नेप्से परिसूचक शुन्य दशमलव दुई विन्दुले घटेर एक हजार १८७ दशमलव ७७ विन्दुमा सिमित भयो । कुल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता सेयर रु २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरिद बिक्री भए ।

प्रतिक्रिया