पानी जहाजबाट गायिका शर्मालाई राष्ट्रिय अवार्ड

काठमाडौँ । उद्घोषिकाबाट बिस्तारै गायिकामा प्रवेश गरेकी गायिका एवं सञ्चारकर्मी शितल शर्माले प्रथम एपिक राष्ट्रिय म्युजिक अवार्ड हात पारेकी छन् ।

काठमाडौँमा सम्पन्न उक्त एपिक राष्ट्रिय म्युजिक अवार्ड २०७५ मा आर्थिक समृद्धिको पानी जहाज भाग २ बाट शर्माले अवार्ड हात पारेकी हुन् । उक्त गीत पानी जहाज गायक बैकुण्ठ महत र शर्माको आवाजमा रहेको छ ।

सञ्चार माध्यमबाट गायनमा अवार्ड हात पार्नुमा ठुलो सफलता मिलेको शितल शर्माले जिकिर गरिन् । बरिष्ठ गायक तथा संगीतकार कुमार बस्नेतको हातबाट उनले उक्त अवार्ड ग्रहण गरेकी हुन् । यसभन्दा अगाडि गतबर्ष प्रधानमन्त्री केपी शर्मा ओलीबाट पानी जहाज भाग १ बाट सम्मानित भइसकेको गायिका शितल शर्माले दाबि गरिन् ।

प्रतिक्रिया