‘नाकाबन्दीमा बस्ती’ बजारमा

काठमाडौं । सञ्चारकर्मी एवं लेखक छविलाल न्यौपानेले लेखेको ‘नाकाबन्दीमा बस्ती’ पुस्तक बजारमा आएको छ । उक्त पुस्तकको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल र नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संयुक्त रूपमा विमोचन गरे । यथार्थ घटनामा आधारित रहेर लेखिएको उक्त पुस्तकमा माडीको विषयलाई उधिनिएको छ ।

नगरप्रमुख ढकालले निकुञ्ज ऐन संशोधन प्रक्रियामा गएको भए पनि त्यो जनताको पक्षमा हुन नसकेको जिकिर गरे । उनले ऐन विकासको बाधक हुन नहुने भन्दै विकासविरोधी ऐन आए आपू आमरण अनशनमा बस्ने चेतावनी दिए । ०२९ सालमा बनेको निकुञ्ज ऐनले माडीवासीलाई पीडित बनाएको उनको दुखेसो पोखे ।

उनले भने, ‘ऐनकानुनले जनतालाई सुविधा र सहजता दिनुपर्दछ ।’ उपाध्यक्ष आचार्यले माडीको बाँदर झुलावासीले संविधानले तोकिएका न्यूनतम आधारभूत आवश्यकता पनि पूरा गर्न नपाएको बताए । उनले बाँच्न पाउने अधिकार, गाँसबास र कपासको अधिकारबाट बाँदरझुलावासी वञ्चित भएको भन्दै लोकतन्त्रमा यस्तो हुनु दुखद भएको बताए ।

पुस्तकका लेखक न्यौपानेले माडीवासीले पाएको दुःख र पीडालाई राज्यले सुन्नुपर्ने बताए । मानवबस्तीलाई नाकाबन्दी जस्तो बनाएर विकास नहुने उनले जिकिर गरे ।

प्रतिक्रिया