माछापुच्छ्रे बैंक थप्यो ३ नयाँ शाखा

काठमाडौं । माछापुच्छ बैंकले छुट्टाछुट्टै ३ स्थानमा नयाँ शाखाको सुरुवात गरेको छ । काठमाडौंस्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेसँगै, तनहुँस्थित भिमाद र कञ्चनपुरस्थित आइबिआरडी एक्सटेन्सन काउन्टरलाई शाखामा स्त्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं महानगरपालिकास्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्वसभासद डा। वीरेन्द«प्रसाद महताले गरे । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ ।

यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या १९ पुगेको छ । बैंकका सात प्रदेशमा ९३ वटा शाखाहरू र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहकहरूमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । हाल देशभर ११२ वटा एटीएमहरू संचालनमा रहेको छ ।

प्रतिक्रिया