रावा बैंकको रक्तदान कार्यक्रम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंककोे ५४औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।  कार्यक्रममा बैंकका १२० जनाभन्दा बढी कर्मचारीहरूले रक्तदान गरेका थिए ।

साथै, बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरूमा पनि रक्तदान कार्याक्रम सञ्चालन गरेको छ । बैंकले यसै अवसरमा ब्याडमिन्टन, टेबलटेनिस, म्युजिकल चेयर, प्रतियोगितालगायत माघ ५ गते शनिबार वित्तीय चेतनामूलक कार्यक्रमको आयोजना गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया