सुत्केरीलाई कोसेली कार्यक्रम

बैतडी । सुत्केरी महिला र शिशुको पोषण तथा सरसफाईका लागि पुरचौडी नगरपालिकाले कोसेली कार्यक्रम सुरु गरेको छ । ‘कोसेली’ को पोकोभित्र एक केजी स्थानीय घिउ, पाँच ओटा अण्डा, आयोडिन नुन, फलफूल तथा साबुन, तेल, ऐना, काइँयोलगायतका सरसफाईका सामाग्रीहरू राखिएको छ । पुरचौंडी स्वास्थ्य चौकीसँगको सहकार्यमा सुरु गरिएको ‘कोसेली’ कार्यक्रमले नगरपालिका भित्रका सम्पूर्ण सुत्केरी महिलालाई समेट्ने उपप्रमुख जानकी बमले बताइन् ।

‘कोसेली’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा सरसफाईसँग सम्बन्धित सन्देशमूलक पर्चा र सन्देशमूलक सामग्री छापिएको ‘कोसेली झोला’ बाहिरसमेत छपाइएको छ । नगरपालिका भित्रका महिला र शिशुको पोषणका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गतको रकमले नगरपालिकाका वर्षभरी सुत्केरी हुने महिलालाई कोशेली वितरण गरिने हाँट स्वास्थ्य चौकी प्रमुख बिनोद कुँवरले बताए । प्रत्येक स्वास्थ्य संस्थाबाट वितरण गरिने कोसेली कार्यक्रम नगर क्षेत्र भित्रका कुल साढे ९ सय जनाले उक्त सुविधा दिइने उनले जानकारी दिए ।

विशेष चाडपर्वमा आफन्त भेट्न जाँदा मिठो खानेकुरा बोकेको सामग्रीलाई स्थानीय भाषामा ‘कोसेली’ भन्ने गरिन्छ । सुत्केरी महिलामा पोषण सम्बन्धि चेतना फैलाउन, उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन तथा सबै सुत्केरी हुने महिलालाई संस्थागत सुत्केरीतर्फ आकर्षित गराउन यो कार्यक्रम प्रभावकारी हुने नगरपालिकाले जनाएको छ । पुरचौंडी नगरपालिकाकी उपप्रमुख जानकी बम ऐरले स्थानीय गोमती पुजारालाई सुत्केरी भएको सातौं दिन ‘कोसेली’ हस्तान्तरण गर्दै उक्त कार्यक्रम सुरु गरेका हुन् ।

महिलाका लागि उत्प्ररेणामूलक कार्यक्रम भएकाले आफूहरूलाई खुसी लागेको पहिलोचोटी ‘कोसेली’ प्राप्त गरेकी गोमती जागरीले बताइन् । उनले स्वास्थ्य संस्थामा सुत्ेकरी हुन आउने महिलाहरूको संख्या यस कार्यक्रमल बढाउने विश्वास प्रकट गरे । जिल्लामै पहिलोपटक पुरचौडी नगरपालिकाले सुत्केरीलाई उप मेयरको ‘कोसेली’ कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया