टेबलमै थन्किएको छु : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफु सानैदेखि कलाकार नै बन्छु भन्ने लागेको बताएका छन् । अग्रजलाई सम्मान र मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उदेश्यले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा आयोजित प्रथम एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा प्रमुख अतिथिको रुपमा सहभागी भएका अध्यक्ष दाहालले गीत संगीत राज्यकै अभिन्न अंग भएको बताए ।

‘गीत संगीतले हरेक मानिसलाई दुख या सुखमा साथ दिने गर्दछ, मलाई पनि सानैदेखि कलाकार बन्छु जस्तो लागेको थियो तर सोंच्दै गर्दा फुटबल, भलिबल देखि रुचि हुँदै गर्दा अहिले कुर्सी र टेबलमै थन्किएको छु, द्वन्दकालकै बेला पनि मैले गीत संगीतले पनि एउटा सायता मिल्छ भन्ने लागेर ठाउँ ठाउँमा सांस्कृति कार्यक्रमको आयोजना गराएको थिएँ, ‘अध्यक्ष दाहालले भने ।

आफु सानैदेखि हरेक गीतहरुमा नाच्दै हुर्किएको बताउँदै दाहालले आफ्नी नातिनीले पनि घरमा गीत संगीत सिकेर हार्मुनियम बजाएर गीत गाउनुका साथै अवार्डसमेत जितिसकेको बताए । सोही क्रममा एपिक नेपालले अग्रज कलाकारलाई सम्मान गर्दै मौलिक लोक संस्कृतिलाई बचाउन अहम भूमिका खेलेर अवार्ड प्रदान गर्नुमा महान कार्य भएको बताए ।

राजेन्द्र पुरीले संयोजन गरेको उक्त कार्यक्रममा अग्रजलाई अभिनन्दन गर्नुका साथै सांगीतिक क्षेत्रका विभिन्न ६६ विधामा परेका कलाकारहरुलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया