सूचनाको हकको प्रचार पुगेन: प्रमुख आयुक्त बाँस्कोटा

काभ्रेपलाञ्चोक । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको प्रचारप्रसार नपुगेको बताएका छन् ।जिल्लास्थित सरकारी कार्यालय प्रमुख स्थानीय तहका प्रशासकीय प्रमुख तथा सूचना अधिकारीका लागि आज धुलिखेलमा आयोजित सूचनाको हक विषयको प्रशिक्षणमा आयुक्त बाँस्कोटाले भने “सरकारको पक्षबाट सूचनाको हकको प्रचारप्रसार कमी भयो ।

”सरकारले सूचनाको हकसम्बन्धी प्रचारप्रसार पर्याप्त मात्रामा नगर्दा स्थानीय तहका सूचना अधिकारीमा अन्योलता सिर्जना भएको उनले दाबी गरे ।आयुक्त बाँस्कोटाले स्थानीय तहका अधिकारीलाई सूचनाको हकको बारेमा प्रशिक्षित गराउनुपर्ने आवश्यकता रहको बताए ।

प्रतिक्रिया