जगदम्बाले बेच्यो ५ दिनमा ५ सय बाइक

काठमाडौं । टिभिएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ५ दिनको एक्सचेन्ज कार्यक्रममा ५ सय बाइक बिक्री गरेको छ । गतपुष २४ गतेदेखि २९ गतेसम्म काडमाडौंको भृकुटीमण्डपमा आयोजना भएको कार्यक्रममा कम्पनीको विभिन्न स्कुटर र मोटरसाइकलको बिक्रीवितरण गरिएको थियो ।

टिभिएस अपाचे आरटीआर १६० ४ भी, १६०, १८०, २००, २०० ४ भी बाइक तथा स्कुटरतर्फ जुपिटर, जुपिटर क्लासिक, एनटर्क, स्टाइकर, बिगो लगायतका बाइक तथा स्कुटर यो योजना समावेश थिए । ग्राहकले कुनै पनि बाइक लिएर गएर टिभिएस नयाँ बाइकसँग एक्सचेन्ज गर्न पाउने सुविधा उपलब्ध थियो । कुनै पनि कम्पनीको बाइकको न्युनतम मूल्य २५ हजार रूपैयाँ मूल्यांकन रहेको थियो ।

ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा बाइक प्राप्त गर्न सक्ने व्यवस्थासमेत उपलब्ध थियो । उक्त योजनाअन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत ७ हजार देखि १ लाखसम्म नगद जित्ने मौकासमेत रहेको थियो । यो योजनामा हरेक ग्राहकले बाइक खरिदमा ८ हजार बराबरको गिफ्ट प्राप्त गरेका थिए । जसमा हेल्मेट, पन्जा, बाइक कभर र ब्याग रहेको छ ।

प्रतिक्रिया