रोशनी र प्रेमको ‘जोगी’

काठमाडौं । प्रेम सापकोटा सोनु र पूर्णकला बिसीको आवाजमा लोकदोहोरी गीति एल्बम ‘जोगी’ सार्वजनिक भएको छ । कृष्णा आचार्य रोशनीले लेखेको गीतमा गायक सापकोटाको संगीत तथा कृष्ण बिकले संगीत संयोजन गरेका छन् । प्रिस्मा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत आरती मिडियाको प्रस्तुतिमा बजारमा आएको हो ।

प्रेम सापकोटा सोनुले निर्देशन गरेको गीतको भिडियोमा सोना केसी, अर्जुन कँडेल र युदिन न्यौपानेको अभिनय छ । गोविन्द विष्टले भिडियो छायांकन तथा सम्पादनसमेत गरेका छन् । युदिन न्यौपानेको नयाँ कोसेलीका रूपमा गीत बजारमा आएको सञ्चारकर्मी तथा गीतकार रोशनीले बताइन् ।

प्रतिक्रिया