साउथह्याम्टन पराजित

एजेन्सी, डर्बी । उत्कृष्ट पुनरागमनसहित साउथह्याम्टनमाथि टाइब्रेकरमा ५–३ को जित निकाल्दै डर्बि कन्ट्री एफए कपको तेस्रो चरणमा प्रवेश गरेको छ । बुधबार राती १४ मिनेटमा ४ गोल भएको खेलमा डर्बि कन्ट्रीले उत्कृष्ट पुनरागमन गरेको थियो ।

घरेलु मैदानमा दुई मिनेटको फरकमा स्टुअट आर्मस्टङ र नाथन रेडमोन्डको गोलबाट साउथह्याम्टनले अग्रता लिएको थियो । लगत्तै ६ मिनेटपछि ह्यारी विल्सनले फ्रि–किक मार्फत गोल गरेपछि डर्विले अग्रता घटाएको थियो ।

लगत्तै साउथह्याम्पटनका रेडमोन्ड गोलमा चुके । २–१ को नतिजापछि उत्साहित पाहुना टोली डर्बिले ८२ औं मिनेटमा मार्टिन वागहर्नको गोलबाट खेल बराबरीमा ल्याएको थियो । निर्धा्रित र अत्तिरिक्त समयमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा साउथह्याम्टनका नाथन रेडमोन्ड गोल गर्न चुक्दा डर्बि कन्ट्री ५–३ ले विजयी भयो । डर्बिले अब जनवरी २६ मा चौथो चरणको यात्रा गर्नेछ ।

प्रतिक्रिया