स्थायी राजधानीका लागि जनसभा

बुटवल । प्रदेश पांचको स्थायी राजधानी र नामाकरणको माग गर्दै नेपाली कांगे्रसले रूपन्देहीको बुटवलमा बिहीबार खबरदारी सभा गरेको छ । संविधानले तोकेको समय अवधिभित्र प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको नामाकरण गर्न नसकेको भन्दै कांगे्रसले खबरदारी सभा गरेको हो ।

नेपाली कांगे्रस रूपन्देहीको आयाजनामा आयोजित उक्त सभामा बोल्ने कांगे्रस नेताहरूले पांच नम्बर प्रदेशको स्थायी राजधानी रूपन्देही हुनुपर्ने र नाम लुम्बिनी राख्नुपर्ने बताएका छन् । कार्यक्रलममा बोल्दै नेपाली कांगे्रसका प्रमुख सचेतक वालकृष्ण खांणले कांगे्रसले प्रदेशको राजधानी बुटवल र नाम लुम्बिनी राख्ने निर्णय एक वर्षअघि गरेको बताए ।

प्रदेश सरकारले संविधान अनुसार काम गर्न नसक्दा अहिलेसम्म पाँच नम्बर प्रदेशका जनताले स्थायी प्रदेश र नाम पाउन नसकेको बताए । पूर्व मन्त्रीसमेत रहेका नेता खांणले प्रदेशको स्थायी राजधानी बुटवल हुनुपर्ने बताउँदै आफु बुटवलवासी भएकाले बुटवललाई नरोजेको र सबैका लागि पाएक तथा सुगमता भएकाले बुटवल रोजिएको बताए । प्रदेशको राजाधानी तोक्ने अधिकार प्रदेश सभालाई भएको उल्लेख गर्दै उनले प्रदेश सांसदलाई उचित निर्णय गर्न आग्रह गरेका छन् ।

गौतमबुद्धको जन्मस्थलमा नै प्रदेश राजधानी हुनुपर्ने बताउँदै उनले प्रदेशका १२ वटै जिल्लालाई लुम्बिनीसँग जाडेर विकास गर्नुपर्ने बताए । प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा विवादित हुन नहुने उनको तर्क छ । नेपाली कांगे्रसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुटवलमा प्रदेशको स्थायी राजधानी बनाएर सबै जिल्लालाई जोड्नुपर्ने बताए । उनले बुटवलमा प्रदेशको राजधानी बनाएर पहाडलाई पर्यटक, दाङ र बर्दियालाई कृषिसँग जोडेर समग्र प्रदेशको विकास गर्न सकिने बताए ।

पाँच नम्बर प्रदेशलाई नजोगाएको भए नेपाल विखण्डन हुन सक्थ्यो भन्दै नेपालको विकासका लागि पहाड र तराईलाई अलग गराउन नहुने बताए । राजासँग लड्न भन्दा कम्युनिस्टसँग लड्न बढी गाह्रो हुने भएकाले भोलीको युद्व जित्न कांगे्रसमा परिवर्तन ल्याउनु पर्ने बताए ।
कम्युनिस्टको सरकारले संविधान कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै सरकारले अपराधीलाई नियन्त्रण गर्न नसकेको बताए । नेपाली कांगे्रस्का केन्द्रीय सदस्य तथा सांसद देवेन्द्रराज कंडेलले कम्युनिस्टको सरकारले संविधान अनुसार काम नगरेकाले प्रदेशको राजधानी तोक्न र नामाकरणका लागि ढिलाइ भएको दावी गरे ।

प्रदेशको राजधानी तोक्न ढिला गर्न नहुने बताउँदै रूपन्देहीमा प्रदेशको राजधानी बनाएर विकास गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले निर्दोषलाइ दोषी देखाएर अपराधीहरूलाई मुक्त गराउन खोजेको आरोप लगाए । कार्यक्रममा प्रदेश नम्बर पांच नेपाली कांगे्रस संदीय दलका नेता वलदेव शर्मा पोखरेल, सांसद रमा अर्याल, विरबहादुर राना, नेपाली कांगे्रस गुल्मीका सभापति भुवन श्रेष्ठ, अर्घाखांचीका सभापति विष्णु मुस्कान, प विरेन्द्र कनौडिया, क्षेत्री सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले बालेको थिए ।

रूपन्देही कांगे्रस सभापति अब्दुल रज्जाकको अध्यक्षता र सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम भएको थियो । सभा हुनुअघि बुटवलको चौराह र अन्य विभिन्न ठाउँबाट जुलुल निकालिएको थियो ।

प्रतिक्रिया