मर्यादाक्रममा लोकसेवाको आपत्ति

काठमाडौं । सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रमप्रति राष्ट्रिय लोकसेवा आयोगले आपत्ति जनाएको छ ।

नयाँ मर्यादाक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आयोगले विशेषगरी, संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम साविककको भन्दा तल्लो क्रममा राखिनुले निकायको संस्थागत मर्यादामा ह्रास आएको जनाएको छ ।

सरकारद्वारा नयाँ निर्धारित मर्यादाक्रममा संवैधानिक निकायका पदाधिकारीलाई मुख्य सचिवभन्दा तल राखिएको छ । मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदको भुमिका र गरिमालाई आधार मान्नुपर्नेमा कुनै मापदण्ड बिना केही व्यक्तिलाई माथिल्लो क्रममा राख्ने अभिष्टले सो निर्णय भएको आयोगको आरोप छ ।

निजामति सेवा ऐन २०४९ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ मा व्यवस्था गरिएको बढुवा समितिको बैठकमा आयोगका सदस्यले भाग लिनसमेत यो निर्णयले असहज भएको आयोगले जनाएको छ । बढुवा समितिमा लोक सेवा आयोगको सदस्यले अध्यक्षता गर्ने र मुख्य सचिव सदस्य रहने व्यवस्था छ । सरकारले गरेको निर्णय अपरिपक्व भएको भन्दै आयोगले नयाँ मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका सदस्यको मयार्दाक्रम पहिलेको जस्तै राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया