हरी बस्ताकोटिले पिलाए राज सिग्देललाई ‘अमृत’

काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा गजल गायकको रुपमा लोकप्रिय बनेका गायक राज सिग्देलको आवाजमा फेरी मर्मश्पर्सी आधुनिक गीतिएल्बम ‘अमृत’ सार्वजनिक भएको छ । नवलपुरको बुलिङटार गाउँपालिका वडा नं ३ मा जन्मिएका गीतकार एवं साहित्यकार हरि बस्ताकोटीले सोही गीतको शब्द सृजना गरेका छन् भने हरि लम्सालले संगीत भरेका छन् ।

सोही गीतको भिडियोमा लोमुस पाैडेलकाे निर्देशन साथै युवराज वाइवाले कथा निर्देशन गरेका छन् । त्यही भिडियाे उत्सव दाहालले छायांकन गरेका हुन् । प्रकाश दाहालद्वारा सम्पादन गरिएको उक्त गीतको भिडियो गायक राज सिग्देलकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । त्यस्तै गायक सिग्देल आफैले सोही भिडियोमा अभिनय गरेका छन् भने अञ्जु चौलागाईंले उनलाई साथ दिएकी छन् ।

तनहुँ जिल्लाको गजरकोटमा जन्मिएका गायक सिग्देलका कर्णप्रिय आवाजमा ‘ऊ जितेर गइ या हारेर गई’ जस्ता दर्जनौं आधुनिक तथा चलचित्रका गीतहरु यसभन्दा अगाडी बजारमा आईसकेका छन् । उनका सोही गीत अहिलेसम्म पनि दर्शक स्रोताको रोजाइमा परेर लोकप्रिय छन् । उक्त आधुनिक एल्बम ‘अमृत’ मा समाजमा चल्ने मायाँ पिरतीका यथार्थपनलाई समावेश गरिएको गायक सिग्देलले बताए ।

बजारमा आउने कतिपय गीतको मौलिकता नहुनुमा कलाकारले अझै देशको मौलिक संस्कृती र गीत संगीतलाई अध्यन गरेर राम्रा सृजनाका गीत सार्वजनिक गर्न पर्ने गायक सिग्देलले दाबि गरे । त्यस्तैगीतकार तथा साहित्यकार हरि बस्ताकोटीले पनि यसभन्दा अगाडि पनि मौलिक संस्कृतिका गीत सृजना गर्नुका साथै साहित्य क्षेत्रमा पनि कलम चलाउँदै बिरानिएका पाइला लगायतका उपन्यास बजारमा ल्याईसकेका छन् ।

दुवै क्षेत्रमा आफ्नो सृजना प्रस्तुत गर्दै आएका बस्ताकोटीले यस गीतमा प्रेमी र प्रेमिकाबीच हुने सम्बन्ध तथा अन्तिममा अमृत भनि झ्युक्क्याएर बिष पिलाएको बिषयलाई सोही गीतको शब्दमार्फत उतारिएको बताए ।

प्रतिक्रिया