२६ विद्यालयलाई कार्पेट सहयोग

सल्यान । सल्यानको दार्मा र कुमाख गाउँपालिकाका २६ विद्यालयका विद्यार्थिलाई चिसो र धुलोबाट बचाउन वालमैत्री वसाइ व्यवस्थापनका लागी कार्पेट सहयोग गरिएको छ । कक्षा १ र २ का वालवालिकाहरूलाई वसाइ व्यवस्थापनमा सहयोग पुर्याउनका लागी कार्पेट प्रदान गरिएको हो ।

वेन्च र डेस्कमा बसेर पढ्न साना कक्षाका वालवालिकाहरूलाई असजिलो हुने र चोटपटक लाग्न सक्ने भएकोले गाउँपालिकाले कक्षा ३ सम्ममा यु र भि आकारमा वालमैत्री वसाइ व्यवस्थापन गर्न कार्पेट राख्ने निति लिएको दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख जंग बहादुर बुढाले बताए ।

‘यु र भि आकारमा पढाउदा शिक्षक र विद्यार्थि विच अन्र्तरक्रियात्मक पढाइ गर्न सजिलो हुन्छ उनले भने,वेन्च र डेष्क हुँदा त्यसरी वसाउन अफ्ठ्यारो हुने भएकोले यस्तो निति लिएका हौँ ।’ उनले वालमैत्री वसाइ व्यवस्थापन भएका विद्यालयमा अनुगमन गर्दा काठ र फलामका वेन्चबाट लाग्ने चोटपटकमा समेत कमि आएको बताए ।

सेभ द चिल्ड्रेनले दलित विकास समाज सल्यानसँगको साझेदारीमा संचालन गरेको एकिकृत परियोजना मार्फत यस्तो सहयोग गरेको हो । परियोजनाले ४ सय ३० मिटर जुट कार्पेट र चिसो छेक्नका लागी कार्पेटको तल राख्न ५ सय ५० मिटर पि फर्म गरी ३ लाख ६७ हजार बराबरको सहयोग गरेको सेभ द चिल्ड्रेन सल्यानकी कार्यक्रम संयोजक विमला सुवेदीले बताइन ।

‘राम्रो बसाइ भएमा वालवालिकाहरूलाई नियमित विद्यालय आउन सहयोग पुग्छ उनले भनिन् साना साना कुराहरूले पनि सिकाइलाई प्रभाव पार्ने भएकोले परियोजनाले सहयोग गरेको हो ।’ सहयोग प्राप्त गरेका विद्यालयले कक्षा १ र २ मा वेन्च र डेस्कलाई विस्थापन गर्दै पिफर्म मार्थि कार्पेट विछ्याउने छन् ।

सबै बालविकासमा बालमैत्री बसाइ

दार्मा गाउँपालिकाले गाउँपालिकामा रहेका सवै वालविकास केन्द्रमा वपालमैत्री वसाइ व्यवस्थापन गरिसकेको छ । सवै विद्यालयमा वालविकास केन्द्र संचालन गर्ने निति लिएको गाउँपालिकाले गाउँपालिकाका ३६ विद्यालय मध्ये ३१ विद्यालयमा वालविकास केन्द्र रहेको र सवै वालविकास केन्द्रमा वालमैत्री वसाइ व्यवस्थापन गरेको बताएको छ ।

‘हामीले वालविकास केन्द्रहरूलाई नमुनाको रूपमा विकास गर्न लागिपरेका छौँ दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले भने, वाल विकास केन्द्रमा जैविक विधिधना युक्त ६ सिकाइ कुना, नमुना घर तथा सथानिय स्तरमा पाइने शैक्षिक सामाग्रीहरूले भरिपुर्ण बनाएका छौँ ।’

हामीले कक्षा ३ सम्म यस्तो बसाइ व्यवस्थापनको लागी काम गरिरहेका छौँ उनले भने यसका लागी एकिकृत परियोजनाले महत्वपुर्ण सहयोग गरिरहेको छ । ‘केहि विद्यालयले यस अघि नै कक्षा ३ सम्म वालमैत्री वसाइ व्यवस्थापन सहयोग गरिसकेका छन् अध्यक्ष केसीले भने सकेसम्म यस आर्थिक वर्षभित्र सवै विद्यालयमा कक्षा ३ सम्म वालमैत्री वसाइ व्यवस्थापन गरिसक्ने लक्ष्य छ ।’

प्रतिक्रिया