हत्याको आरोपमा २ युवा पक्राउ

बाँके । बाँकेको कोहलपुरमा हत्या गरिएका युवकको हत्यामा संग्लन रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले २ जनालाई सार्वजनिक गरेको छ । गत शनिबार कोहलपुरमा सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शवं फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरेर हत्यामा सग्लन भएको भन्दै २ जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका २ बाँकेका युवराज गिरी र हिम्जा गाउँपालिका ६ अछामका भरत बहादुर शाही रहेको बताए ।

गिरीलाई खुट्टामा गोली हानेर बर्दियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने शाहीलाई मंगलबार राती कर्णाली प्रदेशको सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । प्रहरीमा भर्ना हुन आएका ठकुरीलाई यी दुई जनाले जागिर लगाइदिने भन्दै डेढ लाख लिएका थिए ।

भर्ना गर्न सक्ने अवस्था नभएको र पैसा पचाउन ठकुरीलाई उनीहरूले हत्या गरेको हुनसक्ने एसपी पौडेलले बताए । २ जना पक्राउ परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया