शिशु मार्ने आमा पक्राउ

काठमाडौं । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

काठमाडौं महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माई मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । शिशुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, अर्को समाचारअनुसार प्रहरीले तीन हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले दक्षिणकाली नगरपालिका क्षेत्रबाट ५०० लिटर र महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले काठमाडौं शंखरापुर नगरपालिकाबाट ५०० लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चापदार्थ बरामद गरी नष्ट गरेको जनाएको छ ।

प्रतिक्रिया