चन्द्र शर्मा र अमृताको ‘पञ्चेबाजा’ रोजाईमा पर्दै

काठमाडौँ । लाेक गायक चन्द्र शर्मा र गायिका अमृता श्रीपालाको आवाजमा रहेको ‘आँगनीमा रन्कियो सहनाई, घन्कियो पञ्चेबाजा’ नामकरण पञ्चेबाजा गीत सार्वजनिक भएको छ । माघ महिनालाई बिशेष लगनको महिना मानिएकोले त्यसैलाई लक्षित गरि गीत सार्वजनिक गरेको गायक शर्माले बताए ।

गायक शर्माकै शब्द सृजनामा तयार गरिएको सोही गीतमा राजन ठकुरीले संगीत भरेका छन् । साकुरा मल्टिमिडिया हाउसले उक्त गीतको बजार ब्यवस्थापन गरेको छ । मोडल तथा निर्देशक शंकर बिसीले सोही गीतको भिडियोमा निर्देशन गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन् । नबिन घर्ति मगरको सम्पादन रहेको उक्त भिडियोमा अभिनय सारिका केसी र अर्जुन गिरीले गरेका छन् । सार्वजनिक गरेको छोटो समयमै पञ्चेबाजा गीत दर्शक स्रोताहरुको रोजाईमा पर्दै गएको छ ।

राष्ट्रिय लोक तथ् अदोहोरी गीत प्रतिष्ठान नेपालको पुर्व अध्यक्ष समेत रहेका गायक चन्द्र शर्माले यसभन्दा अगाडि पनि विभिन्न खालका गीत बजारमा ल्याएका छन् । आफु सरकारी कर्मचारी भएपनि गीत संगीत राज्यको अभिन्न अंग भएकाले आफुमा भएका कलालाई मार्न नहुने गायक शर्माले जिकिर गरे । मौलीकतापनलाई अंगालेको यस गीतले दर्शक स्रोताको अझै मायाँ पाउनेमा आफु बिश्वासनिय रहेको गायक शर्माले दाबि गरे ।

प्रतिक्रिया