हत्या आरोपी पक्राउ गर्न बर्दियामा प्रहरीले गोली चलायो

काठमाडौं । हत्या आरोपीलाई पक्राउ गर्न बर्दियामा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली प्रहार गरी युवराज गिरीलाई पक्राउ गरेको छ ।

गत माघमा २६ गते बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग आरोपी गिरीको बर्दियामा जम्काभेट हुँदा उनी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

प्रतिक्रिया