सानिमा इन्स्योरेन्स र कामना बैंकबीच सम्झौता

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको ६३ वटै शाखाहरूबाट सहज रूपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बिमा पोलिसिहरू खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लालश्रेष्ठले हस्ताक्षर गरे । हाल यस बैंकले देशभरी आफ्ना ६३ वटा शाखा तथा १७ वटा एटिएममार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया