माछापुच्छ्रे टाइम्स रेमिट र एएमभी टेलबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेलकम्पनी बीचबैंकका ग्राहकहरूका साथै सर्वसाधारणका लागि सुविधा स्वरूप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमिट र एएमभी टेलको तर्फबाट क्रमशः प्रबन्ध निर्देशक अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवं सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरूलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्सर बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरूले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफूले चाहेको रकमसमेत स्थानान्तरण गर्न सक्नेछन् । रेमिटएप आइओएस तथा एन्ड्रोएड दुवै ओपरेटिङ सिस्टम प्रयोगकर्ताको लागि उपलब्ध छ ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरू, २ एक्सटेन्सन काउन्टरलगायत ५२ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा १ सय ४४ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १ सय ११ वटा एटिएमहरू सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया