सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

काठमाडौं । हरेक वर्ष प्रदान गरिने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार यस वर्ष नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ । नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यको आर्थिक, सामाजिक एवं सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले संघलाई उत्कृष्ट सहकारीका रूपमा ५० हजारसहित सम्मान गरिएको हो । संस्थाको ३४औँ साधारणसभामा पुरस्कार राशि वितरण गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले किसानलाई एकजुट बनाई कृषि पेशामा लाग्न संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले २० सहकारीमध्ये छनोट भई सम्मानित भएको संघले गाउँघरका साना तथा पिछडिएका किसानलाई कृषि पेसामा गोलबद्ध गरी अनुकरणीय काम गरेको बताए । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, साझा सेवा सहकारी संस्थाका अध्यक्ष भीमबहादुर अधिकारी लगायतले समाज सुधारका लागि कृषि सहकारीले समाजमा रचनात्मक काम गरेको जानकारी दिए ।

प्रतिक्रिया