‘बर्बरिक’ मञ्चन हुने

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको उपन्यास ‘बर्बरिक’ मञ्चन हुने भएको छ । नेपाल कम्युनिसट पार्टी (नेकपा) का नेता तथा साहित्यकार प्रदीप नेपालले लेखेको उक्त उपन्यासमा आधारित नाटकको निर्देशन जीवन बरालले गरेका छन् । उक्त कृतिमाथि झोराहाट नाटकघर विराटनगरका कलाकारले अभिनय गर्ने जनाइएको छ ।

महाभारतका एकपात्र ‘बर्बरिक’ सँग नेता भण्डारीलाई तुलना गर्दै नाटक निर्माण गरिएको छ । माघ २ गतेदेखि १२ गतेसम्म कुञ्ज नाटकघर थापागाउँमा नाटक मञ्चन हुँदैछ । नाटकको मुख्य भूमिकामा कलाकार भरत गुरागाईं देखिने छन् ।

भीमका नाति ‘बर्बरिक’ महाभारतको एक प्रभावशाली पात्र हो । उनले आफ्नो क्षमता नदेखाउन नपाउँदै मर्नुपरेको कथालाई नेता भण्डारीको जीवनसँग उपन्यास लेखिएको छ । नाटकमा पनि ०४६ देखि ०५० सालसम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनाका विषय समेटिएका छन् ।

प्रतिक्रिया