सिक्सर्सको टिममा अटाएनन् सन्दीप

काठमाडौं । सिलेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो खेल नखेल्ने भएका छन् ।  कोमीला भिक्टोरियन्सविरुद्ध हुने खेलका लागि सिक्सर्सले सन्दीपलाई टिमले प्लेइङ सेटमा नराखेको हो । सिलेटमा हुने खेलमा भिक्टोरियन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछिका दुई खेलमा महंगा साबित भएपछि सन्दीप टोलीमा नपरेका हुन् । डेब्युमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । दोस्रो र तेस्रो खेलमा भने सन्दीप विकेट बिहिन बनेका थिए ।

भिक्टोरियन्सविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजीमा हुनेछ। यस्तै सिक्सर्स भिक्टोरियन्ससंग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । पहिलो खेलमा सिक्सर्स भिक्टोरियन्ससंग ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया