फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा

ताप्लेजुङ । वाल मन्दिर अन्तर्गतको अपांग वाल आवास गृहमा रहेका फरक क्षमताका वालवालिकालाई न्यानो कपडा प्रदान गरिएको छ ।

लाइन्स क्लवअफ विराटनगर एलिटले २३ थान ज्याकेट र थर्मोकोट प्रदान गरेको हो । वालवालिकालाइ चीसो वाट बच्न केही सहयोग पुगोस भन्ने उद्धेश्यले कपडा प्रदान गरिएको चार्टर प्रसिडेण्ट मल्लिका रिजालले वताइन ।

शुक्रवार नागरिक समाज ताप्लेजुङका अध्यक्ष टामन सिग्देललाइ एक कार्यक्रमका विच सो कपडा हस्तान्तरण गरिएको थियो । सिग्देलले ताप्लेजुङ ल्याएर सोमवार वालवालिकालाइ प्रदान गरिएको हो । हस्तान्तरण कार्यक्रममा वालमन्दिर रहेको वडाका वडाध्यक्ष जितेन लिम्वूू, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष केवल मादेन, लाइन्सक्लव ताप्लेजुङका प्रतिनिधि किर्तिमान मादेनले उनिहरूका लागि राज्यले दिगो ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मादेनले सहयागीहरू प्रति आभार ब्यत्त गरे ।

यहाँ जिल्लाभरीका २३ जना वालवालिका रहेका छन । २७ जनामध्ये चार जना विद्यालय छोडेर घर गएको विद्यालयले जनाएको छ । उनिहरूलाइ फुङलिङ नगरपालिकाले खान र बस्नकालागि जनही मासिक चार हजार रुपैंया दिदै आएको छ । कपडाको ब्यवस्था भने परिवारले गर्नुपर्छ । उनिहरूका लागि लाइफ लाइन अस्पताल दमक झापाले ओड्ने ओछ्याउने कपडाको ब्यवस्थ गरिदिने प्रतिवद्धता जनाएको वताईएको छ ।

प्रतिक्रिया