रञ्जु दर्शनाको ‘चरित्र हत्या’ गर्ने समाचार लेख्ने पक्राउ

काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने) को चरित्र हत्या हुनेगरी अश्लिल समाचार प्रकाशन गर्ने अनलाइन सञ्चालक श्याम रोकालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको पुस २८ गते नेपालटक डटकम र पुस २९ गते मुक्तिखबर डटकममा सिन्धुपाल्चोक मेलम्ची–१३ स्थायी घर भएका रोकालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

काठमाडौंको शान्तिनगर बस्दै आएका रोकालाई मंगलबार बुढानिलकण्ठ–६ बाट नियन्त्रणमा लिईएको महाशाखाले जनाएको छ ।

रोकामाथि विद्युत्तिय अपराध कसुर मुद्दामा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको बताइएको छ । रोका मुक्ति मिडिया प्रा।लि। र नेपालटक डटकमका सञ्चालन हुन ।

प्रतिक्रिया