अफगानिस्तानकाे विस्फोटमा चारको मृत्यु, ९० घाइते

काबुल । अफगानिस्तानकोमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार जनाको मृत्यु भएको छ । काबुलमा भएको सोही घटनामा अन्य ९० जना घाइते भएको स्रोतले जनाएको छ ।

घाइते मध्यमा २३ जना बालबालिकासमेत परेको जनाइएको छ । अफगानिस्तान गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले उक्त घटनाको पुष्टि गरेका छन् । सोहि बिस्फोटमा मारिएका मध्ये तीनजना सैनिक र एकजना सर्वसाधारण भएको बताईएको छ ।

प्रतिक्रिया