कियाको ‘स्पोर्टेज कार’ नेपाली बजारमा

काठमाडौं । नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नयाँ स्पोर्टेजको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा किया स्पोर्टेज एसयुभीको पेट्रोल र डिजल दुवै इन्जिन संस्करणको बिक्रीवितरण गर्दै आएको छ । मिड साइज एसयुभीको रूपमा नेपाली सडकमा विगत दुई दशकदेखि गुड्दै आएको स्पोर्टेजको चौथो संस्करणको फेसलिफ्ट जिटी लाइन मोडल अत्याधुनिक विशेषतासहित बजारमा भित्रिएको छ ।

चार भेराइटीमा उपलब्ध नयाँ स्पोर्टेजे इन्टेरियर र एक्सटेरियरमा थप आकर्षक विशेषताहरू रहेको कम्पनीको दाबी छ । यो गाडी पहिलेको तुलनामा थप स्टाइलिस, सुरक्षित र आरामदायी भएको बताइएको छ । कारको अगाडि पट्टि एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट जडान गरिएको छ । चौथो पुस्ताको स्पोर्टेजमा कियाको नयाँ ड्राइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ जसले यात्रा अवधिभरलाई सहजता र मनोरञ्जन प्रदान गर्नेछ ।

प्रतिक्रिया