आशा लघुवित्तको कर्जा जोखिम व्यवस्थापन तालिम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कोहलपुरमा सम्पन्न तालिममा संस्थाको ५, ६ र ७ नम्बर प्रदेशमा सञ्चालित १८ वटा शाखा कार्यालयहरूमा कार्यरत झण्डै ६० जना फिल्ड सहायक कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी ०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरूका ४५ शाखा कार्यालयहरूमार्फत ३८ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब १ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरूबाट ३४ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया