मेगा बैंकको लाभांश स्वीकृत

काठमाडौं । मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको सोमबार सम्पन्न साधारणसभाले ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव २३ प्रतिशत सेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो । सेयर लाभांशबापत रु १० करोड ३० लाख ९४ हजार ८७५ बराबरको सेयर सेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै रु ४० लाख ६६ हजार ६४० रकम भने सञ्चित मुनाफामा राखिएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा बैंकले एक अर्ब ७१ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । आव ०७३÷७४ मा त्यस्तो मुनाफा एक अर्ब १३ करोड दुई लाख रहेको थियो । बैंकले ४५ करोड ४० लाख रकम सरकारी राजस्वमा आयकरको रूपमा भुक्तान गरेको छ । चालु अवाको पहिलो त्रैमाससम्म बैंकले तीन अर्ब १५ करोडले निक्षेप वृद्धि गरी ६६ अर्ब १२ करोड पु¥याएको छ ।

यस्तै ६२ अर्ब २५ करोड ऋण लगानी गरेको छ । सो अवधिमा बैंकले रु ४० करोड ४६ लाख खुद मुनाफा गरेको छ । बैंकले हाल १ सय २ शाखा कार्यालय, १८ एक्सटेन्सन काउन्टर, ८१ एटिएम र १ सय १९ शाखारहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ । बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले जानकारी दिए । बैंकको हाल चुक्ता पुँजी रु १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५ सय ७८ कायम रहेको छ । बैंकले ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत वैशाख ३० गतेदेखि एकीकृत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया