सातौं बलमा आउट !

एजेन्सी, पर्थ । अम्पायरले बल गन्न भुलेपछि अस्ट्रेलियन ट्वान्टी–२० बिग ब्यास क्रिकेट लिगमा पर्थ स्कोचर्सका ओपनर माइकल क्लिंगर ओभरको सातांै बलमा आउट भएका छन् ।  आइतबार सिड्नी सिक्र्ससविरुद्ध खेलमा २ रन जोडेका क्लिंगर दोस्रो ओभरमा क्याच हँुदै पवेलियन फर्किएका थिए ।

यस विवादास्पद निर्णयसँगै बल टेम्परिङको घटनामा संलग्न भएको भन्दै ९ महिनाको प्रतिबन्धपछि हालै मात्र क्रिकेटमा फर्किएका अस्ट्रेलियाली ओपनर क्यामरुन बेनक्रफ्टको अविजित ८७ रनमा स्कोचर्सले हात पारेको ७ विकेटको जितसमेत छायामा परेको छ ।

स्कोचर्सका प्रशिक्षक एडम भोग्सले अम्पायरको यस्ता विवादास्पद निर्णयको गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् । ‘बलमा अम्पायरले एक ओभरमा कति बल हुन्छ भनेर गन्ने हो,’ भोग्सले भने । क्रिकेट अस्ट्रेलियाले पनि यस विषयमा छानबिन हुने बताएको छ ।

प्रतिक्रिया