राजधानीमा बृहत् कर्णाली महोत्सव हुने

काठमाडौं । स्थानीय संस्कृति तथा पर्यटन प्रचार प्रसारका लागि राजधानीको भृकुटीमण्डपमा पहिलोपटक बृहत् कर्णाली महोत्सव हुने भएको छ ।

लामो समयदेखि विकासमा पछाडी रहे पनि पर्यटनको प्रचुर सम्भावना बोकेको कर्णाली प्रदेशको परिचय झल्काउन फागुन ३, देखी ५ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।

‘हाम्रा गौरवका पानाहरू र सम्भावनाको खानीहरूको उत्सव बृहत् कर्णाली महोत्सव” भन्ने मुल नाराका साथ सो महोत्सव हुन लागेको हो । महोत्सवमा कर्णालीका ऐतिहासिक कला संस्कृति, स्थानिय खाद्यवाली, जिवनशैली, पर्यटकीय गन्तव्य, प्राकृतिक स्रोतको सम्भावनालाई प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ ।

महोत्सव आयोजक समितीका संयोजक उपेन्द्र शाहिले भने, ‘पौष्टिक खाद्यवाली, पुरानो सभ्यता, प्राकृतिक सुन्दरता र सम्भावनाको खानी भएपनि कर्णालीलाई सधैँ गरिबी, अशिक्षा, अभाव र विकटताको पर्यायवाचिको रूपमा मात्रै परिचित गराउँदै आइएको छ ।

यस्तो खाले भ्रम हटाई अपुर्ण परिचयलाई पूर्ण गर्न हामीले यो बृहत् प्रदर्शनी आयोजना गरेका हौँ ।’ तीन दिनसम्म चल्ने यस महोत्सवमा करिब एक लाख मान्छेको प्रत्यक्ष सहभागिता रहने छ भने यो अवधिभर साथ दिइ सहयोग गर्ने लाखाँै व्यक्तिको अप्रत्यक्ष रूपमा सहभागिता रहने जनाइएको छ । माघ महिनाभर प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम गरी कर्णालीमय बनाउने बताएको छ ।

प्रतिक्रिया