हस्तकला महासंघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल हस्तकला महासंघको ३८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघको विधान २०६३ अनुसार पूर्व निर्धारित समय तालिका बमोजिम नयाँ कार्य समितिको लागि निर्वाचनवाट सुरेन्द्रभाइ शाक्य अध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचित कार्य समितिको पदावधि ३ वर्षको हुनेछ । विधान अनुसार महासंघमा २५ सदस्यीय कार्य समिति रहको छ । एकजना निवर्तमान अध्यक्ष र एक जना महिलासहित २ जना कार्यसमिति सदस्य, अध्यक्षबाट कार्यसमितिको परामर्शमा मनोनयन गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया