उदयपुरको देउरीमा एनआइसीको शाखारहित सेवा

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ५ देउरीमा २३औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै आएको बैंकले गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । उक्त शाखारहित सेवाको त्रियुगा नगरपालिका–५ का वडा अध्यक्ष उद्धब थापाले उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा हरि श्रेष्ठलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्तगर्र्न सक्नेछन् ।

बैंकले हाल मुलुकभर २ सय ७० शाखा कार्यालयहरू, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुलनिक्षेप करिब १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरू मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब १४७ अर्ब सहित निजी क्षेत्रका बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

प्रतिक्रिया