सर्वाेच्चको आदेश विपरीत महर्जन कम्प्लेस

काठमाडौ । विश्व सम्पदा सूचीमा परेको हुनमान ढोकादरबार क्षेत्रमा निर्माणधिन महर्जन कम्प्लेक्स विवादको केन्द्रमा रहेको छ । सम्पदा क्षेत्रको मापदण्ड विपरित व्यापारिक भवन (बिजनेस महर्जन कम्प्लेक्स) निर्माण भएका भन्दै सम्पदापे्रमिले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बेसमेन्ट बनाउनुअघि नै प्रारम्भिक अनुगमन गरी कानुन अनुसार काम गर्न पुरातत्व विभाग, काठमाडौं महानगरपालिकाका नाममा परमादेशको आदेश जारी गरेको थियो । सम्पदाप्रेमिले विश्व सम्पदा सूचीमा पर्ने हुनमान ढोका परिसरमा मापदण्ड विपरित व्यापारिक भवन बन्दै गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

‘स्मारक क्षेत्रसँग जोडिएका सन्निकट क्षेत्र कहाँसम्म हुने भन्ने मापदण्ड नभएकाले भन्दै बफर जोन र कोर जोनको एकीकृत मापदण्ड बनाई लागू गर्न’ सर्वोच्चले दोस्रो आदेश दिएको थियो । हनुमानढोकामा बनाइने भवनका लागि मापदण्डमा आवश्यक परिमार्जन गरेर मात्र त्यस क्षेत्रमा भवनमा बेसमेन्ट बनाउने गरी नक्सा पासको स्वीकृति दिन सर्वोच्चको आदेशमा उल्लेख छ ।

भवन बनाउँदा जमिनमुनिको तला(बेसमेन्ट)को नक्सा स्वीकृति नदिन निर्देशनात्मक आदेश गरेको छ । तर काठमाडांै महानगरपालिकाले भने जमिनमुनि अर्थात् अन्डरग्राउन्ड बनाउने नक्सा पास गरेको पाइएको छ । त्यसले गर्दा नजिकै रहेको नाग पोखरीमा प्रत्यक्ष असर परेको छ । बिजनेस महर्जन कम्प्लेक्स) सम्पदा क्षेत्रको मुख्य केन्द्रमा रहेको भन्दै न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्व सम्पदाभित्र रहेको हनुमानढोका क्षेत्रभित्र ३५ फिट भन्दामाथि भवन बनाउन नपाइनेगरी आदेश दिएको हो । तर सो कम्प्क्सले मापदण्ड विपरित भवन निर्माण गरेको सम्पदा प्रेमिको भनाइ छ ।

एक तल्लाको लागि ७ दशमलव ५ फिट अग्लो बनाउन आदेश दिए पनि सो कम्पनीले साँढे १० फिट अग्लो भवन निर्माण गरिरहेको संयोजक श्रेष्ठले जानकारी दिए । ‘कुमारीको निराकार मूर्ति निर्माणाधीन एसोसिएट्सको भवनभित्र पुर्नस्थापना गर्ने भनी पुरातत्व विभाग, महानगरपालिका र महर्जन एसोसिएट्सबीच ०७३ भदौ २६ मा त्रिपक्षीय सम्झौता भएको हुँदा सम्झौता पालना गर्नु एसोसिएटस्को कानुनी एर्व नैतिक कर्तव्यसमेत रहन गएको छ,’ आदेशमा भनिएको छ, ‘मापदण्ड विपरीत भए पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले संयुक्तरूपमा हेरी समयमै सच्चाउनु ।’ सर्वोच्चले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकालाई जिम्मेबार बनाउँदै आदेश गरेको हो ।

राष्ट्रिय मल्लकालीन ढुकुटी, कुमारीको मन्दिर तथा काननको प्रभावहीनताले हनुमान ढोका क्षेत्रसमेत खतरामा परेको भन्दै जनहित संरक्षण मञ्चका कार्यकारी निर्देशक बरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित १०७ जना स्थानीयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद लगायतलाई विपक्षी बनाई भवन निर्माण कार्य रोक्न मागसहित रिट निवेदन दर्ता गरेका थिए ।

हनुमान ढोका क्षेत्रभित्रको संरक्षित स्मारक घोषणा गरेको चार किल्लाभित्र पर्ने जग्गामा महर्जन बिजनेस एसोसिएट्स प्रालिले गैरकानुनी रूपमा मापदण्डविपरीत भवन बनाउँदा हनुमान ढोका क्षेत्र खतरामा परेको दाबी रिट निवेदकले गरेका थिए । निवेदकले मल्लकालीन ढुकुटीलाई समेत खतरा भएको, बेसमेन्टसहित भवन बनाउँदा प्रयोग गरिएका सामान मापदण्डविपरीत भएको रिटमा उल्लेख छ ।

विश्वसम्पदा सूचीमा रहेको क्षेत्रमा व्यापारिक प्रयोजनका लागि भवन बनाउँदा ‘प्राचीन स्मारक ऐन’ पालना नभएको भन्दै रोक्न माग गरिएको थियो । निवेदकले व्यापारीले भवन बनाउँदा आधुनिक सिमेन्ट र ढुंगाको प्रयोग गरेकाले पुरातात्विक मापदण्डविपरीत भएको भन्दै रोक्न मागेका थिए । सर्वोच्चले ३५ फिटमाथि कुनै भवन बनाउन नपाइने आदेश गरेको छ । महर्जन कम्प्लेक्स भने ३५ फिटभन्दा अग्लो बनाउनेगरी तला थप्न लागिएको रिट निवेदकले बताए ।

राणाकालमा जुद्धशमशेरले दरबारको नामा भएको जग्गा टुक्राए । १९९० सालको भुइँचालोले हनुमानढोका दरबार खुम्चिएको हो । ‘जुद्धशमशेरले दरबारको जग्गा टुक्राएर आफ्नो सालिक राखे । जुद्ध सडक बनाए । युरोपियन शैलीका तीनवटा घर बनाए ।, ‘मल्लकालीन कुमारीको थान, पोखरी, बगैंचा सबै नापी गराइदिए । अनि त्यो व्यक्तिको नाममा दर्ता भयो ।’

काठमाडौं महानगरपालिकाको वडा नं २४ को कित्ता नम्बर ९४२ को क्षेत्रफल ६२७.९८ मा बनिरहेको क्रिस्टल भवनको नामले चिनिने उक्त भवन २०७२ सालको भुइँचालोले भत्काएको थियो । त्यसपछि उक्त घर महर्जन बिजनेस एसोसियट्स प्रालिले खरिद गरेको थियो । उक्त घर जग्गा खरिद गरेलगत्तै एसोसियट्सले घर भत्काई नयाँ भवन बनाउने प्रक्रिया सुरु गरेको थियो ।

प्रतिक्रिया