‘वाइडबडी खरिद ओलीकै पालामा’

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

सार्वजनिक लेखा समितिले रकम पठाउने मन्त्रीलाई कारवाही गर्न भनि निर्देशन दिएका बेला पहिलो किस्ता पठाउने बेला तत्कालिन प्रधानमन्त्री एंव पर्यटनमन्त्री रहेका देउवाले भने आफ्नो पालामा कुनै निर्णय नभएको बताएका हुन् । यद्यपी लेखाले तत्कालिन समयमा मन्त्री नै नभएका जितेन्द्रदेवलाई कारवाही गर्नु भनि प्रतिवेदन पठाएको छ ।

धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइडबडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको दावी गरे । उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारकै पालामा भएको जिकिर गरे । ‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो’, उनले भने ।

म प्रधानमन्त्री रहेका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी रहेकाले मेरो पालामा विमान खरिद गर्ने निणर्य नगरेको बताए । उनले आफ्नो गल्ती ढाक्न बर्तमान सरकार बिभिन्न प्रपन्चमा लागेको बताए । वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपुर्ण निर्णय तत्कालिन केपी ओली सरकारकै पालामा भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराए ।

पूर्व प्रधानमन्त्री देउवाले खल्तीबाट कागज निकाली वाइडबडी बिमान प्रकरणका सम्पुर्ण निति र निर्णय मिति सहित पत्रकारलाई सुनाएका थिए । देउवाले भने–‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद गर्ने निर्णय भएको थियो त्यतीवेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ बैशाख २ गते केपी ओलीकै पालामा खरिदको वोलपत्र गरिएको थियो ।’

२०७२ साल असोज ३ गते प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारको संचालक समितिको बैठकले वाइबडी खरिद गर्नका लागी सरकारले जमानी बस्ने बाहेक अन्य विषयमा कुनै पनि निणर्य नभएको दावी गरे । अहिलेको सरकार भ्रष्टाचारको भुमरीमा फसेकोले आफ्ना गल्ती लुकाउन जनतालाई भ्रममा पारिरहेको बताए ।

पूर्व प्रधानमन्त्री देउवाले थपे–‘मेरो पालामा वाईडबडी विमानबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो यो सब अहिलेको सरकारको जनतालाई भ्रम पार्ने खेल हो ।’

प्रतिक्रिया