विदेशबाट सुन तस्करी गर्नै युवक विमानस्थल गेटबाटै पक्राउ

काठमाडौं । नेपाल प्रहरी परिसरले २५० ग्राम सुन र ४१ हजार रुपैयाँ नगदसहित एक २८ बर्षीय युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाटै पक्राउ गरेको छ । धनकुटा घर भइ हाल काँडाघारी बस्दै आएका २८ वर्षीय समिर श्रेष्ठ पक्राउ परेको टेकु प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

डिएसपीका अनुसार पक्राउ परेका श्रेष्ठले यूएई, कतार लगायतका देशबाट फर्किने नेपाली कामदारहरुसँग प्रतिव्यक्ति ५०-५० ग्राम सुन ल्याउन लगाउने र सुन ल्याएबापत प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिने गरेको अनुसन्धानबाट खुलेको बताइएको छ । श्रेष्ठलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया