मौसम र रोशनीको सालैजो

काठमाडौं । लोक गायक मौसम गुरुङ र सविता गुरुङको आवाजमा रहेको गीत ‘सालैजो’ सार्वजनिक भएको छ । किस्ना आचार्य रोशनीको शब्द रचना रहेको गीतमा गायिका शर्मिला गुरुङले संगीत भरेकी छन् ।  मौलिक नेपाली गीत गाउँदै आएका मौसमले यस गीतमार्फत पश्चिम नेपालमा प्रचलित भाकालाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । लामो समयदेखि लोक गीत संगीतमा क्रियाशील रहँदै आएका मौसमले सालैजो, झ्याउरे र कौडा जस्ता दर्जनौँ गीत गाइसकेका छन् ।

भिडियोमा नमिता गुरुङ निश्चल जिएम लगायतका कलाकारको अभिनय छ । रविन गुरुङको निर्देशनमा तयार गरिएको गीतको भिडियोको छायांकन खेम थापा मगरले गरेका छन् । मेखबहादुर थापाले भिडियोको सम्पादन गरेको गीतलाई नवज्योति भिजन नेपालले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया