वुमन ट्वान्टी–२० स्म्यासमा नेपालको विजय सुरुआत

काठमाडौं । उपकप्तान सिता रानामगर र काजल श्रेष्ठले उत्कृष्ट सुरुवात गरेपछि नेपाल वुमन ट्वान्टी–२० स्म्यासको पहिलो खेलमा चिनमाथि १० विकेटको बिजय भएको छ । ४९ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपाल ८ दशमलब ४ ओभरमा लक्ष्य भेट्टाउन सफल भयो ।
नेपालको जितमा उपकप्तान सितामगरले २४ रन बनाउँदा काजल श्रेष्ठले १४ रन बनाइन् ।

२५ बलको सामना गरेकी सिताले ३ चौकाको मदतमा २४ रन बनाएकी हुन् । यसअघि एशियन इष्टिच्युट अफ टेक्लोलोजीको मैदानमा टस हारेर ब्याटिङ गरेको चिनले निर्धा्रित ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो । करुणा भण्डारी र नेरी थापाले कसिलो बलिङ गरेपछि चिनका ब्याटस्वुमनले गतिलो रन बनाउन सकेन् ।

झांङ चानले १३ रन बनाउँदा वाङ लुवान्याउले ८ तथाहिन लीलीले ३ तथा ली होयो ७ रन बनाइन् । करुणाले ३,नेरीले २ तथा उपकप्तान सिता मगरले १ विकेट लिएकी थिइन् । थाइल्याण्डमा आजदेखी सुरु भएको स्याम्समा उत्कृष्ट सुरुवात गरेको नेपालले समुहको दोस्रो खेल आइतबार मलेशियासंग खेल्नेछ । ३० गते युएईसँग खेल्ने नेपालले समूहको अन्तिम खेल माघ २ गते थाइल्याण्ड ए सँग खेल्नेछ ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फागुनमा हुन गइरहेको आइसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरुप थाइल्याण्डले स्म्यासको आयोजना गरेको हो । बिनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोली शुक्रबार मात्र थाइल्याण्ड गएको थियो ।

प्रतिक्रिया