मौलिकतामा रमेका मौसम र आचार्य रोशनी

काठमाडौँ । लोक सांगीतमा लामो समयदेखि कृयासिल रहँदै आएका गायक मौसम गुरुङ लोकप्रिय छ्न् । सेन्टिमेन्टल गीतहरू र मौलिकताका गीतहरू गाउदै आएका गुरुङकोे पछिल्लोपटक फेरी उनको र सबिता गुरुङको आवाजमा अर्को मौलिक गीत सालैजो बजारमा आएको छ ।

उक्त गितमा गीतकार एवं सञ्चारकर्मी किस्ना आचार्य रोशनीले शब्द लेखेकी हुन् । सोही गीतमा सालैजो, झ्याउरे र कौडा जस्ता धेरै गीतमा आफ्ना मिठा आवाज दिँदै आएकी लोकप्रिय गायिका शर्मिला गुरुङले संगित भरेकी छन् । यस अगाडि पनि सञ्चारकर्मी रोशनीले सिर्जना गरेका थुप्रै मौलिक गीतहरू गायक गुरुङले गाइसकेको उनले दाबी गरिन् ।

रबिन गुरुङको निर्देशनमा तयार गरिएको उक्त गीतको म्युजिक भिडियो खेम थापा मगरले छायांकन गरेका छन् । सोही भिडियो मेख बहादुर थापाले सम्पादन गरेका हुन् ।  नवज्योति भिजन नेपालले बजार ब्यवस्थापन गरेको उक्त भिडियोमा नमिता गुरुङ निस्चल जिएम लगायत साथिहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया