राष्ट्रियता र आत्मियताको विकासमा डा. महाराजको जोड

काठमाडौं । नेपालमा पहिलो पटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ । जगत गुरु रामानन्दाचार्य सेवा पिठ सुनसरी तथा महायोगी सिद्धबाबा आद्यात्मिक प्रतिष्ठान भक्तपुरले पत्रकार सम्मेलन गरी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीमा पहिलोपटक महायज्ञ हुन लागेको बताएको छ ।

श्री १००८ बैष्णव डा.कृष्णदास महाराजले राष्ट्रियता र आत्मियतासहितको मानव समुदायमा विकास हुनुपर्ने धारणा ब्यक्त गरे । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीहरुको पहिचान भएको बताउँदै उनले,‘हामी नेपालीहरुले आफूलाई चिन्न छोड्दैछौं, अरुको प्रगतिमा दास हुन जादैछौं, समयमै आफुभित्र नेपालीपन खोज्नुपर्छ ।

सबैभन्दा ठुलो पवित्र कर्म कृषि रहेको उल्लेख गर्दै महाराजले भने,‘नेपाल कृषिप्रधान देश भएर पनि हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ, कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन्, यो बिग्रदो प्रविधिलाई रोक्न र प्राकृतिक सम्पदाको बिकास गर्नमा जोगाउमा सबैले पहल गर्न पर्छ । सोहि समारोहमा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ तथा महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जनाए ।

‘७०५ वर्षपछि नेपालमा पहिलोपटक ‘श्रीराम तारकब्रम्ह महायज्ञ’को आयोजना हुँदैछ, हरित नेपाल, स्वस्च्छ नेपाल, स्वालम्बी नेपाल, समृद्ध नेपाल र संस्कारी नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञको लागि गत महाशिवरात्रीदेखीदेश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन्, ‘ उनले भने ।

सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्घाटन हुने बताए । करिब ८ करोडको आर्थिक लागतमा सम्पन्न हुने महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सयको संख्यामा अतिथिहरुको सहभागी रहने सोहि पत्रकार सम्मेलनमा जनाएको छ ।

प्रतिक्रिया