ज्येष्ठ नागरिकलाई न्यानो लुगा

पाँचथर । फिदिम नगरपालिका– ५ चोकमागु का १३ जना जेष्टनागरिकलाई जाडोमा बिहीबार लुगा बितरण गरिएको छ ।

फिदिम नगर पालिकाको बिनियोजन रकम ८३ लाख आर्थिक वर्ष २०७५÷७६ को बजेट अन्तर्गत त्यहाास्थित बृद्धाहरूलाइ ५० हजार बरावरको लुगा वितरण गरिएको वडा अध्यक्ष लिलाराज तुम्वापोले जनाए ।

बृद्ध बृद्धालाई एकथान स्वीटर र एकथान धुसा घरदैलोमै पुगेर वितरण गरिएको हो । १ सय २ वर्षीया भिमादेवि अर्याललाई स्वीटर र धुसा दिएर वडा अध्यक्ष लिलाराज तुम्वापोले उद्घाटन गरेका थिए । वडाको कार्ययोजना अनुसार जेष्ट नागरिक शिर्षक अन्र्तगत कार्य गरिएको तुम्वापोले जनाए

प्रतिक्रिया