७१ वर्षीया वृद्धा बलात्कृत

पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–५ का ४८ वर्षीय नारायणवहादुर कुंवरले एक बृृद्धलाइ बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

कुवरले मंसिर १४ गते राति करिव १० वजेको समयमा ७१ बर्षिया बृद्धलाई उनकै घरमा करणी गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट ०७५मंसिर १६ गते पर्वत जिल्ला अदालतवाट यौन जन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको लागी ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया