शव राख्ने फ्रिज नहुँदा समस्या

सल्यान । ९ दिन अघि ज्यान गुमाएका एक अपरिचित युवकको बिहीबार जिल्ला प्रहरी कार्यालय सल्यानले सतगत गरेको छ । जिल्ला अस्पताल सल्यानको पछाडि रहेको सामुदायिक जंगलमा वडा नम्बर ३ का वडा अध्यक्ष टोप बहादुर थापाको रोहबरमा स्थानीयको सहभागितामा शवको सतगत गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकृत इन्सपेक्टर गिरीराज भण्डारीले जानकारी दिएका छन् ।

पुस १७ गते दिउँसो ज्यान गुमाएका अपरिचित युवकको पहिचान खुल्न नसक्दा प्रहरीले बिहीबार दशौं दिनमा लाशको सतगत गर्नु परेको उनले जानकारी दिए । विभिन्न संचारमाध्ययम,पत्रपत्रिका र स्थानीय एफ एम रेडियोबाट जिल्लामा अपरिचित युवक भेटिएको समाचार प्रशासन तथा प्रशारण गरिएको भएपनि कसैले खोजीकार्य नगरेपछि युवकको पहिचान समेत खुल्न सकेको छैन् ।

सल्यानको शारदा नगरपालिका १४ स्थित ढांरखानी जंगलमा पुस १५ गते अचेत अबस्थामा फेला परेका अन्दाजी २६ बर्षका युवकलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घाईते युववको अस्पताल सल्यानमा उपचार गराएको थियो ।नाम ठेगाना नखुलेका ति पुरुषलाई कसैले चिनेको खण्डमा आफन्तलाई वा प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले पटक पटक आग्रह गर्दै आएको छ ।

शवगृहमा शव राख्ने फ्रिज नहुँदा समस्या

जिल्ला अस्पताल सल्यानमा शव राख्ने फ्रिज नहुंदा लाश राख्ने समस्या हुने गरेको छ । विभिन्न कारणले ज्यान गुमाएका र मृत्यु भएका लाश पोष्टमार्टम गर्न जिल्ला अस्पतालमा ल्याईन्छ । तर शवगृहमा लाश राख्ने फ्रिज नहुंदा समस्या हुने गरेको जिल्ला अस्पताल सल्यानका डाक्टर अर्जुन बुढाले जानकारी दिए ।

‘जिल्ला अस्पतालमा ल्याईने शव कहिले काँही चार, पाँच दिन सम्म राख्नु पर्ने हुन्छ उनले भने, अहिले भर्खरै मात्र अपरिचित युवकलाई दश दिन सम्म राख्नु पर्यो,फ्रिज नहुँदा लाख तिन चार दिनमै गन्हाउन थाल्छ,वातावरण दुर्गन्धित हुन्छ,यो अवधिमा अर्को शवको पोष्टमार्टम गर्नु परेमा गर्नै सकिदैन, कम्तिमा दूई वटा फ्रिज मात्रै राख्न सकियो भने पनि सहज हुन्थ्यो ।’

जिल्ला अस्पताल सल्यानका प्रमुख बुढाका अनुसार दुईवटा लाश राख्ने फ्रिजलाई करिब ६ लाखको लागत लाग्ने बताए । अस्पतालमा अहिले रकम अभाव छ उनले भने,कहींकतैबाट सहयोग प्राप्त भएमा अस्पताललाई ठुलै राहत पुग्ने थियो ।

छिट्टै फ्रिजको व्यवस्था गर्छाैंः मेयर

यता शारदा नगरपालिकाका मेयर सुरश अधिकारीले जिल्ला अस्पतालको शव गृहमा छिट्टै लाश राख्ने फ्रिजको व्यवस्था गर्ने बताएका छन् । सौर्य दैनिक संग कुरा गर्दै मेयर अधिकारीले यस विषयले आप्mनो ध्यानाकर्षण भएको जनाए ।

‘अस्पतालको शवगृहमा लाश राख्ने फ्रिजको आवश्यकता रहेछ उनले भने,यता तिर हामी कसैको ध्यान गएको थिएन्,यो गम्भीर विषय हो जस्तो मलाइ महसुस भयो,अब छिट्टै अस्पताल विकास बोर्ड संग बसेर यस विषयमा छलफल गरि कुरा अगाडी बढाउछौँ ।’

उनले जिल्ला अस्पतालमा यथाशक्य चाँडो लाश राख्ने फ्रिजको व्यवस्था गर्ने प्रतिबद्दता गरेका छन् । जिल्ला अस्पताललाई १५ सैया बाट ५० सैयाको बनाउने तैयारी भई रहेका बेला शव गृहमा लाश राख्ने फ्रिजको व्यवस्था भएमा सहज हुने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया