फिर्के खोलामा पुल निर्माण सुरु

पोखरा । पोखरा महानगरपालिका ५ स्थित रहेको फिर्के खोला माथी पुल निर्माण शुरु गरिएको छ। महानगरपालिका भित्र नमुना सडककारूपमा निर्माण सम्पन्न भएका जिरोकिमी, विन्ध्यवावसीनी सडक खण्ड अन्तरगत पर्ने पुरानो साँधुरो पुलका कारण दैनिक दुर्घट्ना बढ्न थालेपछि सडक अनुसारको फराकीलो पुल निर्माणको काम शुरु भएको हो।

१७ करोडको लागतमा काठमाडौंको शान्ति आरोग्यदेवी(जे.भी) नामक ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको छ । पुल २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।

६ लेनको सडकमा साँघुरो पुल भएका कारण सवारी दुर्घटना बढ्दै गएपछि सडक डिभिजन कार्यालय पोखराले पोखरा–५ पस्र्याङस्थित फिर्के खोलामाथि दुई–दुई लेनको पुल बनाउन शुरु गरेको हो। हाल साविक रहेको पुलको दायाँ बायाँ पुल बनेपछि सवारी आवागमनमा सहज हुनुका साथै सवारी दुर्घटनामा कमि आउने अपेक्षा गरिएको छ ।

फराकिलो सडकको अनुपातलाई आधारमानेर हालको भइरहेको पुलको दायाँबायाँ एक–एक लेनको पुल निर्माण कार्य शुरु गरिएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियरि उज्वल शर्माले बताए। ‘भईरहेको पुलको दायाँबायाँ ३ मिटर चौडाईको दुईवटा पुलको निर्माण शुरु गरिएकोछ’उनले भने।‘गएको असारमा सम्झौता गरिएपछि चाडबाड सकिएपछि भर्खरै काम शुरु भएको छ ।’

पुलको लम्बाई ५० मिटरको हुने छ । पुरानो पुल पनि ५० मिटर लम्बाई र ६ मिटर चौडाईको छ। पोखरा महानगरपालिकाको जिरोकिलोमिटरदेखि विन्ध्यवासिनी सम्मको ६ लेनको नमुना सडक खण्ड केही समय पहिले मात्र निर्माण सम्पन्न भएको हो। निर्माण सम्पन्न भएपछि सो सडक खण्डको बीचमा दुइलेनको मात्र पुल रहेका कारण अत्याधिक दुर्घटना हुर्द आएको छ। तलमाथि ६ लेनको सडक र बीचमा पर्ने पुल भने दुईलेनको हुदा दुर्घटा बढिरहेको थियो।

तलमाथि फराकिलो सडक र बीचको पुल साँघुरो अवस्थापमा रहेपछि सवै तिरबाट आलोचना हुदै आएको थियो। ‘पुलको दुवै साईडमा तीन-तीन मिटरको अर्को पुल बनाँउने गरी योजना आगाडि बढाएकाछौं ।’ इन्जिनियरि शर्माले भने–पुल बनेपछि तीनवटा पुलको लम्बाई १२ मिटरको हुने छ ।’

इन्जिनियर शर्माका अनुसार भईरहेको पुललाई नचलाईकनै दुवै साईडमा निर्माण गरिने छ । पुल निर्माणपछि सवारी आवातजावतलाई सहज हुने उनले बताए।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले पुल निर्माण भएपछि बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण हुने र सवारी सञ्चालनमा सहज हुने बताए ‘साँघुरो पुलकै कारण बढी जोखिम थियो । पुल निर्माणपछि जोखिम कम हुनेछ’ उनले भने। अहिले सञ्चालन भइरहेको पुल नभत्काइ दुईतिर तीनतीन मिटर चौडाइको पुल थपिने उनले बताए।

प्रतिक्रिया