नेपाल बंगलादेश बैंकको लाभांश पारित

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १० दशमलव ५३ प्रतिशत नगद लाभांश ९लाभांशमा लाग्ने कर सहित० पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरूलाई उक्त लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरूको संशोधन पनि स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । साथै, बैंकले ४८ अर्ब निक्षेप र ४३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

प्रतिक्रिया