डिल्लीबजारमा सिटिजन्स बैंकको प्रादेशिक कार्यालय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीबार प्रदेश ३ को प्रादेशिक कार्यालय आफ्नै भवन, काठमाडौंको डिल्लीबजारमा उद्घाटन गरे । एक भव्य समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष डा। शंकरप्रसाद शर्मा ले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरे । प्रदेश ३ मा रहेका १४ जिल्ला मध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २ लाख ६० हजार ग्राहकलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

प्रदेश ३ मा बैंकले करिव ५७ अर्व निक्षेप परिचालन गरी ४५ अर्व कर्जा प्रवाह गरेको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको हो ।

यस अगावै बैंकले प्रादेशिक कार्यालयहरू ः प्रदेश १ को बिराटनगरमा, प्रदेश २ को बीरगंजको आदर्शनगरमा, प्रदेश ४ को पोखराको सिमलचौरमा, प्रदेश ५ को नेपालगंजमा, र प्रदेश ६ को सुर्खेतमा, प्रदेश ७ को धनगढीमा स्थापना गरिसकेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरूबाट करिव चार लाख ग्राहकलाई सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया